
काठमाडौँ । नेपालमा थुप्रै चर्चित गीतहरू गाइसकेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । उनले नेपाली सांगितिक क्षेत्रमा थुप्रै गीत संगीतहरु योगदान दिएका छन् ।
उनको पछिल्लो हिट गीत ‘अन्जिला’ चलचित्रको ‘रात किन हुन्छ हजुर’ हो । यसका साथै उनका ‘छुट्नलाई पो रैछ क्यारे’, ‘बेचेर सपना’, तिम्रा यादहरू, जिउने चाहना लगायत गीतहरू पनि लोकप्रिय छन् ।
तर अहिले उनी अर्कै कारणले एकपटक चर्चाको बिन्दुमा उक्लिएका छन् । केही दिन अगाडी चलचित्र ‘जनै हराएको मान्छे’ को ‘आधाआधी सपनाहरू भइदिएन पुरा’ बोलको गीत भावनामा डुबेर गाउँदा गाउँदै उनी एक्कासी सेटमा नै ढल्न पुगे । होसमा आएपछि उनले गीत गाउँदा आफू भावनामा बहेको र मानसिक रुपमा विक्षिप्त बनेको बताए ।
अहिले सामाजिक सञ्जालमा उनलाई लिएर थुप्रै टीकाटिप्पणीहरू भइरहेका छन् । कतिपय दर्शकहरूले त उनको स्वस्थलाभको कामना पनि गरेका छन्