काठमाडौ बाटै परिचयपत्र नविकरण गर्दै चौरीदेउराली
काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिकाले काठमाडौ बसोबास गर्दै आएका आफ्ना नागरिकको लागि काठमाडौबाटै सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने भएको छ । गाउँपालिका एक सूचना जारी गर्दै उक्त विषयको जानकारी दिएको हो ।
पालिकाले जारी गरेको सूचना अनुसार, मिति २०८२ भदौ १ गतेदेखि काठमाडौ पेप्सिकोलामा रहेको स्टार फुड एण्ड बैन्वेटबाट उक्त सेवा प्रदान गर्ने भएको हो ।
पालिकाले भदौ १ र २ गते वडा न. १, ८, र ९, भदौ ३ र ४ गते वडा न. २, ४ र ५ तथा ५ र ६ गते वडा न. ३, ६ र ७ का बासिन्दाहरुको लागि सेवा प्रदान गर्ने जनाएको हो ।
गाउँपालिकाले नविकरण गर्न आउने सेवाग्राहीहरुको लागि तपशिलका कागजात साथैमा ल्याउन आग्रह गरेको छ ;
१. रास्ट्रीय परिचयपत्र नम्बर २. पासपोर्ट साइजको फोटो २ प्रती ३. सामाजिक सुरक्षा भत्ता परिचयपत्र ४. नागरिकता / जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी ५. एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र प्रतिलिपी ६. अपाङ्गता परिचयपत्र प्रतिलिपी
साथै नाबालक अपाङ्गता भएका र ९० वर्ष माथिका नागरिकको हकमा रास्ट्रीय परिचयपत्र अनिवार्य नगरिएको ।