Skip to main content

Chaurionlinenews

लुम्बिनीको शान्ति र समुन्नतिका लागि युवाको आवाज, नेविसंघको पहल

काठमाडौं। ‘शान्ति र समुन्नतिको बाटोमा लुम्बिनी युवा आवाज’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

शान्ति भूमि लुम्बिनीको विकास र समुन्नतिको मार्ग पहिल्याउन युवाहरूको सक्रिय सहभागितामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शनिबार यो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमको उद्देश्य लुम्बिनी प्रदेशको विकासमा सरकारको ध्यानाकर्षण गराउनु र युवालाई राष्ट्रिय विकासको नेतृत्वदायी भूमिकातर्फ उत्प्रेरित गर्नु रहेको नेविसंघले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अम्मरसिंह पुनले देशको समृद्धिका लागि युवाहरूको भूमिका अपरिहार्य रहेको बताए। “देशको मुहार फेर्ने शक्ति युवामै छ,” सभापति पुनले भने, ” कांग्रेसको मुहानको रुपमा रहेको नेविसंघले पार्टीलाई मजबुत बनाउनुका साथै देश निर्माणमा अग्रपंक्तिको भूमिका खेल्नुपर्छ।”

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको प्रतीक बनाउँदै त्यस क्षेत्रको समग्र विकासमा सबै पक्षले जोड दिनुपर्ने धारणा राखे।

मोहन कालाथोकीले सञ्चालन गरेको कार्यक्रममा गत वर्ष चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा निर्वाचित लुम्बिनी प्रदेशका युवा विद्यार्थी प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

सम्मानित युवाहरूले लुम्बिनी प्रदेश मात्र होइन, सम्पूर्ण राष्ट्रको समृद्धि र न्यायपूर्ण विकासका पक्षमा दृढ आवाज उठाउने संकल्प व्यक्त गरेका छन्।

कुमार आचार्य संयोजक रहेको कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, विष्णु मुस्कान, सांसद कुशुम देवी थापा, नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, स्थानीय तह समन्वय विभाग सचिव लेखनाथ पोख्रेल, प्युठान जिल्ला सभापति विष्णु गिरी, प्राकृतिक स्रोत विभाग सचिव नवराज त्रिपाठी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

By Chauri_admin

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.