Skip to main content

Chaurionlinenews

काभ्रे १, बैक खाता बुझाउनेमा दिननाथ र गुणराज मात्रै अमित मधु लगायत अन्यले गरे अटेर

काभ्रेपलान्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. १ का उम्मेदवारहरुमध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिननाथ गौतम र नेपाली काङ्ग्रेसका उम्मेदवार गुणराज मोक्तान बाहेक अन्य पार्टीका उम्मेदवारहरुले निर्वाचन कार्यालयमा बैंक खाता नम्बर बुझाएका छैनन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अमित लामा, रास्ट्रीय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईं सहित ८ जना उम्मेदवारहरुले बैक खाता नम्बर नै बुझाएका छैनन् भने खाता संचालन गर्नका लागि त ३ जना उम्मेदवारहरुले सिफारिस नै नलिएको पाइएको छ ।सुशासनको चर्को ढोल पिट्नेहरुको यहि रवैयाले चुनाव कथंकथाचित जितिहाले भने के गर्लान भनेर अहिले काभ्रे १ का आम मतदाताहरुले दुखेसो पोख्न थालेका छ्न ।

निर्वाचन आयोगले तोकेको कार्यहरु त राम्रोसँग पुरा गर्न नसक्ने उम्मेदवारहरुले फागुन २१ को चुनाव जितिहालेभने पनि कसरी जनताका समस्याहरुको समाधान गर्न सक्छन भनेर अहिले जनताहरुले नेकपा एमालेका अमित लामा र रास्वपाका मधु कुमार चौलागाईंप्रती काभ्रे १ का मतदाताहरुले प्रश्न गर्न थालेका छन ।

By Chauri_admin

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.